घट्यो गाडी भाडा

काठमाडाैं | जेठ २०, २०७९

घट्यो गाडी भाडा


काठमाण्डौँ:     यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।

 

नेपाल आयल निगमले बिहिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा लिटरमा रु १० को दरले घटाएसँगै विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।

 

भाडा घटेसँगै यात्रुबाहक सवारीमा दुई प्रतिशत,  पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.९ प्रतिशत घटेको विभागले जनाएको छ ।

 

यातायात व्यवस्था विभागको विसं २०७८ चैत १७ को निर्णयअनुसार लागू गरिएकोमा पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिएको डिजेलको बजार मूल्य रु १६३ प्रति लिटरलाई आधार मान्दै आए पनि बिहिबार रातीदेखि प्रतिलिटर रु १० घटी रु १५३ कायम भएकाले सोहीअनुसार सवारी भाडा घटाएको हो ।

 

सरकारले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित आधारमा गर्ने व्यवस्थाअनुसार भाडादर घटेको विभागले जनाएको छ ।

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले स्वचालित भाडादरले व्यवसायी र यात्रु दुवैलाई मर्का नपर्ने बताउनुभयो । उहाँले घटेको भाडा लिन सम्पूर्ण यातायात व्यवसायी, चालक तथा सहचालकलाई आग्रहसमेत गर्नुभएको छ । 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्